हार्दिक धन्यवाद ।
झोर्ले,जेदौ,सिमेपाउ,नमस्कार
नेपाल मगर संघ दक्षिण कोरियाले यहि २८ अगस्ट २०२२,आइतबारको दिन “प्रवासमा नेपालीहरुको आपसी भाईचारा र सद्भाव,खेलकुद बिकासमा हामी सबैको साथ “भन्ने मुल नाराका साथ नेपालको आदिबासी जनजाती आन्दोलनको लोकपृय नेता नेपाल मगर संघका भुपु अध्यक्ष ,निडर, जुझारु महान ब्यक्ती स्व. गोरे बहादुर खपाङी मगरको छैटौं स्मृति दिवसको अबसरमा आयोजना गरिएको “गोरे बहादुर खपाङी स्मृति कप फुटसल प्रतियोगिता-२०२२” भब्य तवरले सु-सम्पन्न भएको छ।
उक्त प्रतियोगिता सफल पार्न हाम्रो निमन्त्रणालाई सहर्ष स्विकार्दै गरिमामय उपस्तिथिती जनाउनु हुने प्रमुख अतिथी कोरियाका नेपाली राजदुतावास सौलका सेकेन्ड सेक्रेटरी सुर्य थापा ज्यु,विशेष अतिथी आदिवासी जनजाती महासंघ द.कोरियाका महासचिव प्रीतम लिम्बूज्यु, अतिथिहरु तमु धि दक्षिण कोरियाका अध्यक्ष लेशन गुरुङ ज्यु , नेपाल तामाङ घेदुङ सघंका सचिव बुद्दी बहादुर तामाङ ज्यु ,किराँत याक्थुङ चुम्लुङ कोरियाका महासचिव सागर लिम्बुज्यु,बाग्लुङ समाज दक्षिण कोरियाका अध्यक्ष बिदुर शर्मा ज्यु,गुल्मी सम्पर्क समितिका अध्यक्ष चन्द्र रानामर ज्यु प्रती हार्दिक धन्यवाद सहित कृतज्ञता प्रकट गर्दछौं।
आर्थिक स्रोतले बिशेष सहयोग गरि हाम्रो प्रतियोगिता सफल पार्न १५ लाख वन दोस्रो पुरस्कारको प्रायोजन गर्नु हुने कोरियाको फारान स्थित नेवारी खाजा घरका प्रोपाईटर कुशल ब्यवसायी राम थापा मगरज्यु,५ लाख वन स्पोन्सर गर्नु हुने Gme Remitance Nepal Korea, बेस्ट प्लेयरको ट्रफि स्पोन्सर गर्नु हुने मगर संसार फोटो ग्यालरि ,बेस्ट गोल किपरको ट्रफि स्पोन्सर गर्नुहुने फिटनेस नेपाल परिवार,हाई स्कोररको ट्रफि स्पोन्सर गर्नु हुने इन्छन बोईज टिम,पहिलो दोस्रो र तेस्रो ट्रफी स्पोन्सर (६ लाख वन) गर्नु हुने मगर एफ सि का पुर्व खेलाडिहरुज्यु, Pashupati Trading Co.Korea दोङ्देमुनका प्रोपाइटर डिल्लि तामाङ/रिजा मगरज्यु, स्वयम्भू रेस्टुरेन्ट सुवन का प्रोपाईटर बुद्दी गुरुङज्यु, बिभिन्न संस्थागत र ब्यक्तिगत रुपमा सहयोग गर्नुहुने परोपकारी मनहरुप्रती हृदय देखि नै हार्दिक धन्यवाद सहित नमन व्यक्त गर्दछौं। यस प्रतियोगिता सम्पन्न गर्नको निमित्त सकृय रुपमा सहभागी जनाउनु हुने सम्पुर्ण टिमहरु/क्लबहरु र उक्त टिमका सम्पुर्ण टिम म्यानेजर खेलाडीहरु र खेलप्रेमी सम्पूर्ण दर्शक प्रती हार्दिक आभार प्रकट गर्दछौ। मिडिया पार्टनरको रुपमा सहयोग गर्नु हुने फोनिज कोरिया, नयाँ दैनिकी, कामदार दैनिकी ,कोरिया पाटी र सोसल मिडिया पार्ट्नर मगर संसार फोटो ग्यालरी साथै ब्यवस्थित लाईभ बोर्ड्कास्टिङमा सहयोग गर्नु हुने आशिष् तामाङ ज्यु हार्दिक आभार ब्यक्त गर्दछौं। प्रतियोगिता सफल बनाउन प्रत्यक्ष वा परोक्ष ढंगले सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दछौं ।
त्यसै गरि यस कार्यक्रम सम्पन्न गर्न आर्थिक र भौतिक रुपमा दिलो ज्यान दिएर खटनु हुने यस कार्यक्रमका संयोजक,नेपाल मगर संघ कोरियाका सदस्य एवं खेलकुद बिभाग संयोजक होम बहादुर थापामगर ज्यु प्रती विशेष धन्यवाद ब्यक्त गर्दछौ साथै अहोरात्र रुपमा खट्नु हुने यस संस्थाका संरक्षकज्यु,प्रमुख सल्लाहकारज्यु,बरिस्ठ सल्लाहकारज्यु,सल्लाहकारज्युहरु, कार्यसमितिका पदाधिकारी एवं सदस्यज्युहरु,बिभागिय टिम र संयोजकहरुमा हार्दिक धन्यवाद सहित नमन गर्दछौ ।
अन्त्यमा यस प्रतियोगितामा ३९ टिम सहभागी भैइ प्रथम स्थान Faran UFC Blue दोस्रो स्थान Kaski FC B, र तेस्रो स्थान Green City Ilam FC, बिजय हासिल गर्नुहुने टिम र खेलाडीहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । साथै बेस्ट प्लेयरमा रमेश गुरुङ, Kaski FC B बाट,हाई स्कोररमा अबिनाश कार्की (१० गोल) Faran UFC Blue बाट र बेस्ट गोल किपरमा Faran UFC बाट नै पाउल लामा हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ। प्रतियोगिता संचालन एव व्यवस्थापनका क्रममा भएका कमि कमजोरी प्रती हामी क्षमाप्राथी छौं। र आगामी दिनहरुमा पनि यहाँहरु सम्पूर्णको सुझाव,सल्लाह शिरोपर गर्दै हरेक प्रकारको सहयोग र सहकार्य आदन प्रदान रहिरहने बिश्वास ब्यक्त गर्दछौं ।
धन्यवाद।
नेपाल मगर संघ, गणतन्त्र कोरिया
प्रतियोगिताको केहि झलकहरु
प्रतियोगिताको फाइनल खेल हेर्नको लागि तलको लिंकमा जानुहोस