हाम्रो बारे

बहुजातीय, बहुभाषिक बहुधार्मिक एवं बहुसाँस्कृतिक विशेषता भएको देश नेपालको आदिबासी जनजाती मध्ये “मगर” एक प्रमुख जातीय समुदाय हो । मगर जाती र मगर समुदायको समग्र विकासको लागि नेपाल भित्र मात्र नभई प्रवासी भूमी गणतन्त्र कोरियामा समेत विभिन्न पेशा–ब्यबसायमा सम्बन्धित रहेका मगर समुदायको बृहत हितको निमित्त मगर दाजुभाइ तथा दिदीबहिनीहरुलाई जागरुक गराउन तथा आफ्नो हकहित र प्रगतिको लागी आवश्यक सहयोग एवं सुमधुर सम्बन्ध स्थापना गर्न, प्रवासमा भइपरी आउने समस्याहरुलाई समाधान गर्न अनि आफ्नो भाषा,कला,सँस्कृति तथा सकारात्मक रितिरिवाज को जगेर्ना गर्ने उद्देश्यका साथ मगर समुदायको जातीय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र एवं समावेशीको मूलमन्त्रलाई जोड दिँदै नेपाल मगर संघ (केन्द्र) काठमाडौंको शाखाको रुपमा रही सन् २००३ मा छ्याम थापा मगरको अध्यक्षतामा “नेपाल मगर संघ गणतन्त्र कोरिया” नामक संस्थाको स्थापना भएको थियो । संस्थापक अध्यक्ष छ्याम थापा मगरको कार्यकालसंगै दशौं कार्यसमितिसम्म आइपुग्दा क्रमशः छबि राना मगर, झक थापा मगर, अप्त पून मगर, खड्ग पून मगर , हेम थापा मगर, पुरन राना मगर, खड्ग थापा मगर, सि.पी. मगर र हाल टेक पुन मगर वर्तमान अध्यक्ष रही आउनु भएको छ ।

हाम्रा शाखाहरु

नेपाल मगर संघ, किम्हे/बुसान शाखा

नेपाल मगर संघ, थेगु शाखा

DSME मगर समाज, गजेदो

हाम्रा उद्देश्यहरु :

  • प्रवासमा रहेका मगर तथा गैर मगरहरु बीच सामाजिक सद्भाव कायम गर्ने ।
  • गणतन्त्र कोरियामा रहेका सम्पूर्ण मगरहरु बीच एकता कायम गर्ने ।
  • मगर भाषा, धर्म, लिपी, कला, संस्कृति इतिहास आदिको अनुसन्धान एवं संरक्षण गर्ने ।
  • नेपाल मगर संघ केन्द्र संग समन्वय गर्ने ।
  • नेपालमा मगर जातीको उत्थानको लागि स्वास्थ्य, सञ्चार, सहकारी एवं सामाजिक कार्यक्रमहरुमा प्रत्यक्ष सहभागी हुनको साथै सक्दो सहयोगको लागि पहल गर्ने ।
  • प्रवासमा भइपरि आउने मगर लगायत नेपाली समुदायको दुःख–सुखमा सहयोग गर्ने ।