❖ वेभसाइट सार्वजानिक
हाम्रो यस संस्थाको आधिकारिक वेभसाइट निर्माण गरी संस्थाका सम्पूणर् गतिविधिहरु, सूचनाहरु तथा कार्ययोजनाहरु वेभसाइट मार्फत नै सार्वजानिक गरिने उद्देश्य अनुरुप www.magarsanghkorea.org नामक संस्थाको वेभसाइट निर्माण सुरुवात गरिएको छ र यसलाई पूणर् रुप दिई अबको दिनहरुमा संस्थामा हुने हरेक कार्यक्रमका सूचनाहरु तथा गतिविधिहरु वेभसाइट मार्फत नै प्रेसित गर्ने योजना रहेको छ ।
❖ ३ महिने सदस्यता पत्र वितरण अभियान
दक्षिण कोरियामा रहनुभएका सम्पूणर् मगरहरुलाई वेभसाइटमा रहेको सदस्यता आवेदनको फाराम भर्न लगाई सम्पूणर् मगरहरुको डाटा कलेक्सन गरिने र सोही फारामको आधारमा ३ महिने सदस्यता पत्र वितरण अभियान नै सञ्चालन गरि ट्रान्सपोर्टेशन कार्ड चिप्स जडित सदस्यता पत्र वितरण गरिने कार्य योजना रहेको छ । यस कार्यक्रमको लागि ब.उपाध्यक्ष गोकणर् थापा मगरज्यूको संयोजकत्वमा सदस्यहरु तारा पुन मगर, दिपक थापा मगर, दिल बलामी मगर र बासु थापा मगर रहने गरी ५ सदस्यीय समिति गठन गरिएको छ ।
❖ भुमे पूजा कार्यक्रम
विगतका ३ वर्ष विश्वव्यापी महामारी कोभिड १९ को कारण हुन नसकेको प्रत्यक्ष भेटघाट सहितको भव्य भुमे पूजा तथा वनभोज कार्यक्रम कोभिड १९ को अवस्था र कोरियन सरकारको स्वास्थ्य मापदण्ड अनुरुप अनुकुल रहन गएमा यो वर्ष भूमे पूजा तथा पिकनिक कार्यक्रम गरिने कार्ययोजना रहेको छ ।
❖ क्लिनिङ तथा हाईकिङ कार्यक्रम
नेपाल मगर संघ गणतन्त्र कोरियाले सउल माइग्रेन्ट सेन्टरसंगको सहकार्यमा पहाड चढ्ने क्रममा सफाई गर्दै हाईकिङ गर्ने कार्यक्रम गरिने योजना बनाएको छ ।
❖ फुटसल कार्यक्रम
नेपाल मगर संघ गणतन्त्र कोरियाले आठौं महिनाको अन्त्यतिर भव्य फुटसल कार्यक्रम गर्ने कार्ययोजना रहेको छ ।
❖ विज्ञ सहितको अन्तरक्रिया कार्यक्रम गरिने
नेपाल मगर संघ गणतन्त्र कोरियाले छुसक वा सलनालको अवसर पारेर नेपालबाट विज्ञ व्यक्तित्व आमन्त्रण गरी बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिने कार्ययोजना रहेको छ ।
❖ माघे सकरान्ती विशेष कार्यक्रम गरिने
विगतका वर्षहरुमा कोरोना महामारीका कारण प्रत्यक्ष जमघट गरी माघे सक्रान्ती कार्यक्रम गर्न नसकिएकोमा यो वर्ष माघे सक्रान्ति विशेष कार्यक्रम भव्य रुपमा आयोजना गरिने योजना रहेको छ ।