✔ १७ जनवरी २०२१ का दिन नेपाल मगर संघ दक्षिण कोरिया तथा हाम्रा ३ शाखाहरु किम्हे बुसान शाखा, थेगु शाखा र गजेदो शाखा को संयुक्त आयोजनामा नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नविन रोका मगरज्यूको प्रमखु आतित्थ्यता सँस्कृति विद्, नेपाल मगर संघ केन्द्रीय समिति सल्लाहकार, नेपाल मगर साँस्कृतिक संघ, केन्द्रीय सल्लाहकार श्री मिन श्रीस मगरज्यू विशेष अतिथि वक्ताको रुपमा आमन्त्रण गरी चाड पर्व कानुङ सम्पटी जीवाक्के परिस्ले माराकिङ विकृति भन्ने मूल नाराका साथ माघ्या सकराटी विशेष शुभकामना आदानप्रदान कार्यक्रम भर्चुअल माध्यम जुम मार्फत भव्य रुपमा सम्पन्न गरिएको थियो ।
✔ २० जनवरी २०२१ – तमु धिँ, दक्षिण कोरियाको अनुरोधमा निर्मल गुरुङ बचाउ अभियान को लागि नेपाल मगर संघ गणतन्त्र कोरियाले आन्तरिक अभियान सञ्चालन गरि ८,२३,०००/- वन सहयोग हस्तान्तरण गरिएको थियो ।
✔ पहिचान गरौं हामीले हाम्रो सभ्यता, टुटेर होईन जुटेर हिडौं अनि हुन्छ एकता भन्ने नाराका साथ ३९ औं मगर स्थापना दिवस शुभकामना आदान प्रदान कार्यक्रम-२०७७ नेपाल मगर संघ वैदेशिक शाखाहरुको संयुक्त आयोजनामा भर्चुअल जुम मार्फत २०७७ फाल्गुन १४ (मार्च २६, २०२१) शुक्रबारका दिन भव्य रुपमा सम्पन्न गरिएको थियो ।
✔ १३ जुन २०२१ मा बाग्लुङ जिल्ला काठेखोला ३ स्थायी घर भई कोरियाको थेगुमा कार्यरत स्पाइनल कड इन्जरी समस्याबाट ग्रसित कविता राना मगरलाई सहयोगार्थ आर्थिक सहयोग अभियान सञ्चालन गरी २६,६१,०००/- वन सहयोग गरिएको थियो ।
✔ १३ जुन २०२१ का दिन नेपाल मगर संघ दक्षिण कोरिया तथा हाम्रा ३ शाखाहरु किम्हे बुसान शाखा, थेगु शाखा र गजेदो शाखा को संयुक्त आयोजनामा नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नविन रोका मगरज्यूको प्रमखु आतित्थ्यता मगर विशेषज्ञ तथा नेपाल मगर संघ केन्द्रीय समिति सल्लाहकार माननीय बम कुमारी बुढा मगरज्यू विशेष अतिथि वक्ता र चर्चित हाँस्यकलाकार खड्ग बहादुर पुन मगर (खबपु)ज्यूलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरी भुमे पर्व विशेष शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम साथमा नेपाल मगर संघ गणतन्त्र कोरियाद्वारा स्थापित कोरिया नेपाल मगर उत्थान कोषको कोभिड १९ राहत घोषणा तथा सम्मान कार्यक्रम भर्चुअल माध्यम जुम मार्फत भव्य रुपमा सम्पन्न गरिएको थियो ।
✔ ३१ जुलाई २०२१ श्निबार का दिन ल्च्ल्ब् दक्षिण कोरियाको आठौं अधिवेशनबाट नेपाल मगर संघ दक्षिण कोरियाका सल्लाहकार श्री दिपक पुन मगरज्यू गरिमामय अध्यक्ष पद तथा सदस्य श्री रमेश थापा मगरज्यु ल्च्ल्ब् कोरियाको केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएको गौरवमय अवसरमा उहाँहरुलाई बधाई ज्ञापन कार्यक्रम यौङदम्फु स्थित नाङ्लो रेष्टुरेण्टमा आयोजना गरी सम्पन्न गरिएको थियो ।
✔ ३ सेप्टेम्बर, २०२१ का दिन नेपाल मगर संघ गणतन्त्र कोरियाद्वारा स्थापित कोरिया मगर उत्थान कोष अन्तर्गत सहयोग हस्तान्तरण कार्यक्रम निवर्तमान अध्यक्ष सि.पीं मगर, सल्लाहकार अशोक बुढा मगर र भू.पू. सह-कोषाध्यक्ष शुसिला थापा मगर, ज्यूको उपस्थितिमा नेपाल मगर संघ केन्द्रीय समितिको महासचिव ज्ञानेन्द्र पुन मगर, महिला उपाध्यक्ष गंगा खासु मगर लगायतको उपस्थितिमा मगर संघ केन्द्रको कार्यालयमा अनौपचारिक कार्यक्रम आयोजना गरि स्वास्थ्य-बिज्ञान शीर्षक अन्तर्गत राष्ट्रिय आबिष्कार केन्द्रलाई रु.४,००,००० (अक्षरुपी चार लाख रुपैयाँ मात्र) र शिक्षा शीर्षक अन्तर्गत सामाजिक अभियन्ता सपना रोका मगरको शैक्षिक बिकासको निम्ति रु १,००,००० (अक्षरुपी एक लाख रुपैयाँ मात्र) हस्तान्तरण गरिएको थियो ।
✔ १६ जनवरी २०२२ का दिन नेपाल मगर संघ दक्षिण कोरिया तथा हाम्रा ३ शाखाहरु किम्हे बुसान शाखा, थेगु शाखा र गजेदो शाखा को संयुक्त आयोजनामा नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरज्यूको प्रमखु आतित्थ्यता मगर विशेषज्ञ तथा नेपाल मगर संघ केन्द्रीय समिति सल्लाहकार प्रो. डा. केशर जंग बरालज्यू विशेष अतिथि वक्ताको रुपमा आमन्त्रण गरी माघ्या सकराटी विशेष शुभकामना आदानप्रदान कार्यक्रम भर्चुअल माध्यम जुम मार्फत भव्य रुपमा सम्पन्न गरिएको थियो ।
✔ २०७८ चैत्र २५ देखि २७ गते सम्म दाङको घोराहीमा सम्पन्न नेपाल मगर संघ केन्द्रीय समितिको १२ औं राष्ट्रिय महाधिवेशनमा नेपाल मगर संघ गणतन्त्र कोरियाबाट निवर्तमान अध्यक्ष सि.पी. मगरज्यूको संयोजकत्वमा सल्लाहकार नगेन्द्र मगर, भू.पू. सह-कोषाध्यक्ष शुसिला थापा मगर, भू.पू. कार्यसमिति सदस्य निर्मल घर्ती मगरज्यूको सहभागिता रहेको थियो । साथै उक्त अधिवेशनबाट नेपाल मगर संघ केन्द्रीय समितको केन्द्रीय सदस्य तथा पूर्वी एशिया देशको संयोजकमा नेपाल मगर संघ गणतन्त्र कोरियाबाट सल्लाहकार नगेन्द्र मगरज्यू सर्वसम्मत चयन हुनु भएको थियो ।