लोकसेवा मार्फत नेपाल सरकारको शाखा अधिकृत बन्न चाहनुहुने मगरहरुलाई लक्षित गरेर कोरिया-नेपाल मगर उत्थान कोष दक्षिण कोरियाको आयोजना, नेपाल मगर संघ केन्द्रीय समितिको संयोजन र नेपाल मगर संघ दक्षिण कोरियाको समन्वयमा ५० जना मगरहरुलाई निःशुल्क तयारी कक्षा संचालन गरिदैछ । ईच्छुकहरुले निम्न स्थानमा निर्धारित मिति र समय भित्र उपस्थित भई निवेदन दिन वा इमेल मार्फत आवश्यक डकुमेन्ट सहित निवेदन पेश गर्न यस सूचना जारी गरिएको छ ।
दरखास्त आव्हान अन्तिम मिति : २०७९ भाद्र १६ गते साँझ ५ बजे सम्म
प्रवेश परिक्षा दिने मिति : २०७९ भाद्र १७ गते
नतिजा प्रकाशन मिति : २०७९ भाद्र १८ गते
कक्षा सञ्चालन हुने मिति : २०७९ भाद्र १९ गते
स्थान : नेपाल मगर संघको केन्द्रीय कार्यालय कलंकी काठमाडौं कार्यालय
फोन नं. : ०१ ५२१८३३७, टेक नाम्जालीमगर (९८४८४४३८४७), लिलाराम लुंगेलीमगर (९८५११४७१९१), उपेन्द्र बुढामगर (९८६१८०६४५८) सि.पी. मगर (९८४१६७४३५१) रविन्द्र मगर (९८६२५३२२९६, ९८६२५३२२९६)
i am interested.
भाद्र १८ गते प्रदेश १ को परिक्षा दिन जानुपर्छ, म जस्ता धेरैले अबसर गुमाउने भए ।कृपया प्रवेश परिक्षाको मिति परिवर्तन गर्न मिल्छ भने गरिदिनु भए आभारी हुनेछु ।
कक्षा सञ्चालन online वा physical वा दुबै विधि के हाे त्याे स्पष्ट भएन । यदि दुबै विधि बाट भएमा काठमाडौ भन्दा बाहिर रहेका बिध्यार्थिहरुकाे सहभागिता रहन्थ्याे । सहभागी संख्या 50 जना रहेछ , officer पढ्नेकाे संख्या ताेकिएकाे संख्या भन्दा बढी नै हुन्छ /देखिन्छ । आबेदन संख्या बढी हुने हुदा selection method कसरी हुन्छ त्याे नि स्पष्ट छैन जस्ले गर्दा तयारी कक्षामा कार्यसमिति भित्रका पदाधिकारीका आफ्ना मान्छे र नजिकका नातेदारहरुले माैका पाउने र वास्तविक , ईच्छुक र लाेकसेवा प्रति मनै देखि अभिरुचि भएकाहरुले माैका नपाउने हुदा याे कार्यक्रम गर्ने आयाेजक टिम र सम्बन्धित पक्षकाे यस तर्फ उचित ध्यान जावस ।
धन्यवाद ।।